काँग्रेस संसदीय दलको नेतामा फेरी देउवा, सिंहको लज्जास्पद हार

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा फेरी पार्टी सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न भएको मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी पार्टीको संसदीय दलको नेतामा विजयी भएको हो । उनककाप्रतिष्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहले जम्मा १९ मत ल्याइ पराजीत भई लज्जास्पद हार व्यहोर्नु परेको छ ।

प्रतिनिधि र राष्ट्रिय सभाको निर्वाचन अगाव मुलुकको पहिलो पार्टी नेपाली काँगे्रस पहिलो पार्टी थियो । निर्वाचनमा काँग्रेसले लज्जास्पद हार हुनुको पछाडि सभापति देवालाले दोष खेपिरहेको अवस्थामा फेरी पनि देउवालाई नै पार्टीले संसदीय दलको नेतामा निर्वाचित गर्नुले काँग्रेसमा प्रजातान्त्रिक अभ्यासमा विचलन आएको भान भएको छ । यसले पार्टीमा आन्तरिक लोकतन्त्रको बलियो भनएको र दासत्व हावी भएको बुझ्न सकिन्छ । आफुलाई सबैभन्दा बढि लोकतान्त्रिक पार्टी भनि दावी गर्ने काँग्रेसमा किन युवा नेतृत्वमा हस्तान्तरण हुन सक्दैन । युवाहरुको नेतृत्वमा निर्भकता नभएको भान समेत भएको छ ।
पटक–पटक प्रधानमन्त्री भईसकेका सभापति देउवा निर्वाचनपछि पुनः पार्टी संसदीय दलको नेतामा निर्वाचित भएपछि, नेपालको राजनीतिकमा उचाडचढाव भई काँग्रेस सरकारमा जाने परिस्थिति आएमा देउवा फेरी पनि प्रधानमन्त्री हुने संभावना बढेको छ ।

नेता सिंह भने पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित भएका दवी गरे ।
काँग्रेसका संस्थापक नेता महामानव विपी कोइरालालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सभापति देउवाले विगतमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हँुदै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाली सकेका छन् ।
काँग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहका सुपुत्र नेता प्रकाशमान सिंह यस अघि पार्टीको जिल्ला सभापति, केन्द्रीय उपसभापति, महामन्त्री हुँदै सरकारका उपप्रधानमन्त्री समेत भईसकेका छन्

पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा यसअघि पनि संसदीय दलको नेता नै थिए । नेता सिंह १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनपछि सभापति देउवाले निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास ग¥यो त्यति नै लोकतन्त्र बलियो हुन्छ भन्नेमा आफूले विश्वास लिएको बताए ।

नेता सिंहले पार्टीमा नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको चाहना बमोजिम आफूले उम्मेदवारी दिएको बताउँदै मतदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

निर्वाचनपछि वरिष्ठ नेता रामचन्दै पौडेलले सभापति देउवालाई बधाई तथा शुभकामना दिए । साथै, उनले नेता सिंहलाई प्रजातान्त्रिक प्रक्रियाअनुरुप निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएकामा धन्यवाद दिए ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ ।
उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्