फोरमले धोका दिएपछि…

काठमाडौं  ।  मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ ।

फोरम सुटुक्क वाम गठबन्धनसँग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ ।

फोरमले मधेसको मुद्धामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् ।

मधेसको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समुह छ ।

त्यो समुहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको अरोप लगाउन थालेको छ ।, आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्