हिमाली जिल्ला मनाङमा काँग्रेसले उम्मेदवारको टुंगो लगायो

काठमाडौं । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको हिमाली जिल्लामा मनाङमा नेपाली काँग्रसले आफ्नो उम्मेदवारको टुंगो लगाएको हो । संघमा प्रत्यक्ष तर्फ नेपाली काँगे्रस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहेका छन् , भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई सिफारिस गरिएको हो ।

प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामाको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क्षेत्र २ मा प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ (टाइगर गुरुङ) र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्