नेकपा एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको स्रोतले जानकारी दियो ।

एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालिबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्