निर्वाचन नजिकिएसँगै काँग्रेस नेता छलफलमा

काठमाडौं । काँग्रेस संसदीय दल निर्वाचनको कार्यतालिका सार्वजनिक भएसंगै शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । सभापति शेरबहादुर देउवा र पुर्व महामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी पर्ने प्राय निश्चीत भएको छ ।

भोली सांसदहरुको सपथ ग्रहण लगत्तै काँग्रेसको संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । नयाँ पुस्ताका नेता दलको नेता सभापति बाहेकमा जानुपर्ने पक्षमा छन् । निर्वाचन समितिले यहि फागुन २१ गते संसदीय दलको नेता निर्वाचनकालागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ ।

फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने कार्यसमितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्