राजपाका नेताहरु फोरमसँग सशंकित

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सहयात्रा टुट्ने भएको छ ।

फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन् ।

दुई नेताबीच पछिल्लो चरण्मा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ । यही कारणल राजपाका नेताहरु फोरमसँग सशंकित हुने थालेका छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

राजपालाई सरकारमा ल्याउन सत्तारुढ दल एमाले र माओवादी केन्द्रले खासै चासो देखाएका छैनन् ।

ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग वार्ता गरेका छैनन् ।

राजपाका नेताहरुले फोरमलाई तत्काल सरकारमा नजान सुझाव दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मधेस मुद्दा छाडेर फोरम सरकारमा जान लागकोमा मधेसी जनता चिन्तित भएका छन्।’ संविधान संशोधन गर्ने प्रतिवद्धता विगतमा पनि सरकाले पटकपटक गरेको भन्दै यस्ता प्रतिवद्धताको कुनै अर्थ नहुन उनले बताए ।

प्रतिक्रिया दिनुहोस्