‘अबको नेपाल भ्रष्टाचारमुक्त हुन्छ, प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् ।

शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको नेपाल स्वच्छ हुन्छ किनभने लिडरसिपलाई केही लिनुछैन । मातहतका नजरमा गिर्नुछैन ।’

अघि भने, ‘मैले बोलेको कुरामा फरक पर्‍यो भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ।’

मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले सुनाए ।

‘म प्रधानमन्त्री छु, एक्लै घरमा बसेर भ्रष्ट हुन सकिदैन । कसैलाई लगाउनुपर्छ, ठेकेदार, कारोबारी कोही नमिलाई अथवा त्यसलाई मिलाउन मातहतको कसैलाई लगाउनुपर्छ’ उनले भने, ‘मातहतको मान्छेले चिन्छ, बाहिरबाहिर ठूलो कुरा गर्दोरहेछ, भित्र भ्रष्ट रहेछ । मातहतको मान्छेको नजरमा गिरेपछि म भ्रष्ट हुन्छु ।’

प्रतिक्रिया दिनुहोस्