एउटै डुंगाका यात्री कोही सत्ताको वागडोरमा कोही ……….?

काठमाडौं । भनिन्छ, ‘राजनीति संभावनाको खेल हो । असंभव भन्ने कुरो केहि हुँदैन ।’ अहिलेको राजनीतिले त्यसकै परिदृष्य गरेको छ । कुनै बेलाका एकै रथका सारथी रहेका रामबहादुर थापा ‘बादल’ राज्यसत्ताको गृह मन्त्रालय समालेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भने पक्राउ पुर्जी आएको छ ।

गृहमन्त्री भएलगत्तै बादलले तत्कालीन अवस्थाका आफ्नै सहयोद्धा तथा मित्र विप्लवलाई पक्राउ पुर्जी जारी गर्न लगाएपछि यसले अहिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ ।
तत्कालिन एकीकृत माओवादीबाट बादल र विप्लव प्रचण्डसँग असन्तुष्टि पोख्दै बाहिरिएका थिए । उनीहरुले मोहन बैद्यको नेतृत्वमा नयाँ पार्टी नै खोले । तर बादल पछि पूनः प्रचण्ड नेतृत्वको पार्टीमै फर्किए । उनी मुलुकको गृह मन्त्री समेत बने ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अर्धभूमिगत छन् । स्थानीय तहको निर्वाचनदेखि हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन समेत बहिष्कार गरिे थुप्रै भूमिगत बैठक समेत आयोजना गरिसकेको छ । निर्वाचन वहिष्कार गर्दै धेरै स्थानमा विस्फोटक पदार्थको विस्फोट समेत गरे ।
त्यसै प्रमाणलाई उपयोग गर्दै उनैले समालेको गृह मन्त्रालयको आदेशमा जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलबस्तुले पक्राउ पुर्जी काटेको हो ।

“कुनै बेलाका एकै रथका सारथी रहेका रामबहादुर थापा ‘बादल’ राज्यसत्ताको गृह मन्त्रालय समालेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भने पक्राउ पुर्जी आएको छ ।

चन्दलाई पक्राउ गर्ने आदेश पुर्जीमा जिल्ला रोल्पा साविक ईरिवाङ गा.वि.स. केवरी जन्म भइ हाल जिल्ला कपिलबस्तु सिवराज नगरपालीका वार्ड ९ बस्ने चित्र बहादुर चन्दका छोरा वर्ष ५० को विप्लव भन्ने नेत्रविक्रम चन्दलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्धाको कसुरमा गिरफ्तार गर्नु पर्ने आदेश लेखिएको छ ।

यसरी कुनै बेला सहयाद्धाको सम्बन्ध रहेको बादल–विप्लवबीच अहिले यस्तो संयोग छ । एक जना भूमिगत अर्का मुलुकको गृह प्रशासनको जिम्मेवारी सम्हाल्ने । भोजपुरमा भएको विस्फोट पदार्थ र ज्यान मार्ने उद्योगको कसुरमा दोषी मान्दै विप्लवलाई पक्राउ गर्ने सूचना टाँस भयो ।
कतिपयले एमाले–माओवादी केन्द्रको नेतृत्वमा बनेको वर्तमान सरकार आएपछि भएको यो घटनाले विप्लवमाथि सरकारले लिने रवैयाको सङ्केत गरेको विश्लेषण समेत गरिएको छ ।

नेपालको राजनीतिक वृत्तमा बादल अत्यन्तै शालिन र भद्र नेता मानिन्छ । उनी अहिले आएर पार्टीभित्र पनि शक्तिशाली नेता हुँदै गएका छन् । एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया अघि बढिरहेको बेला बादल दुवै पार्टीभित्र प्रिय बन्दै गएका छन् । उनलाई स्वयम आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुवैले मन पराएकाले नै गृहमन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

विप्लवलाई सरकारले पक्राउ पुर्जी जारी गरेको छ । यो अवस्थामा बादलले विप्लवलाई समात्न सक्छन की सक्दैनन् भन्ने सबैको चासोकोे विषय बनेको छ । यस प्रकरणबाट के पनि थाहा पाउन सकिन्छ भने गृह मन्त्री बादल र चन्दबीचको व्यक्तिगत सम्बन्ध कस्तो छ ? भन्ने कुरा आगामी दिनले प्रमाणित गर्ला ।

-रन्जित धमला

प्रतिक्रिया दिनुहोस्