युनिभर्सल पावरको लाभांश घोषणा, शतप्रतिशत हकप्रदको अजेन्डासहित बालायो साधारणसभा

काठमाडौं,३० भदौ । युनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश छन्।

लाभांश पारित गर्न कम्पनीले आउँदो असोज २३ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा ललितपुरको दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सोही सभाले लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९।८० देखि आर्थिक वर्ष २०८१।८१ सम्मको सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेस गर्ने वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ । सभाले त्यस अवधिको लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ ।

सभाले चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्