कांग्रेस नेताहरु अन्तिम छलफलमा व्यस्त

काठमाडौं – काँग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न बनेको निर्वाचन समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले निर्वाचनको काम अन्तिम चरणमा पुर्याएको हो ।

फागुन २० गते दुवै संघीय सदनका सांसदको शपथ भएकाले कांग्रेस २१ गते संसदीय दलको नेताको चुनाव गर्ने भएको हो । निर्वाचन समितिका श्रेष्ठका अनुसार २० गते सांसदले शपथ लिएलगत्तै संसदीय दलको नेता चयन गर्न मतदाता नामावली प्रकाशन गर्ने तयारी भएको छ । उम्मेदवारमाथि दावी विरोधका लागि केही घण्टा समय दिइने र त्यसपछि उम्मेदवारको मनोयन गराइने छ । संयोजन समितिका प्रमुख श्रेष्ठले निर्वाचनका लागि अन्तिम तयारी भइसकेको बताउनुभयो ।

समितिले सहमतिमा नेता चुन्ने बारेमापनि छलफल अघिबढाएको जानकारी दिनुभयो । यताः केहि नेताहरु नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण आन्तरिक छलफलमा छन् । काँग्रेस संसदीय दलको निर्वाचनको मिति नजिकिसंगै नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका हुन् । केन्द्रीय कार्य समितिको बैठकले गत आइतबार दलको विधान पारित गर्दै निर्वाचनको मिति तय गरेसंगै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । काँग्रेस नेताहरुमा दिनहुँ जसो छलफल चलेको छ ।

संघीय संसदन्तर्गत प्रतिनिधिसभामा ६३ र रााष्ट्रियसभामा १३ जना कांग्रेसका सांसद छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंह आकाँक्षी देखिनुभएको छ । मतदान भए सांसदको संख्या हेर्दा देउवा पक्ष धेरै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्