वाम गठबन्धन र फोरमको बैठक आज पनि बस्दै ,बुधबारको वार्ता निष्कर्षहीन

काठमाडौं । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच बुधबार सहमति हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष पुग्न नसकेको हो ।

बैठकपछि नेकपा एमाले का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले आज बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्