संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ ।

पार्टीले आज एक विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको जानकारी दिएका स्रोतले जनाएको छ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिए ।

दुई पार्टीबीच भएको सहमतिअनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । कुनै पनि गठबन्धनको नाम नलिई दुई पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फोरमका अध्यक्ष यादव र राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले गरेको सहमतिअनुसार मधेशी, आदिवासी जनजातिलगायतमाथि भएका सबै प्रकारका विभेदविरुद्ध लड्न सहकार्य गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्