वैद्य नेतृत्वको माओवादी र ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच कार्यगत एकता

काठमाडौं । मंगलबार बसेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा ९क्रान्तिकारी माओवादी०की जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा जारी संयुक्त विज्ञप्तिमा हाल राष्ट्रियता, जनतन्त्र र जनजीवनमा गम्भीर प्रश्न उब्जिएकाले एकता यसको लागि एकताको विकल्प नभएको कुरा अघि सार्दै दुवै पार्टीबिच कार्यगत एकता गर्ने निर्णय गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक गरिएको चारबुँदे सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने जनाएको छ ।

यस्तै देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीको खेद व्यक्त गर्दै सरकार विरुद्ध संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्