नेकपा एमाले चितवनद्वारा २१ जनाको नाम सिफारिस
काठमाडौं । नेकपा एमाले चितवनले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको विहिवार सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई अनुमोदन गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मत् रुपमा सिफारिस गरिएको स्रोतले जनाएको छ । त्यसैगरी क्षेत्र नं २ बाट पार्टी अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिस गरेको छ ।
यसैगरी क्षेत्र नं ३ बाट चार जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा घनश्याम भट्टराई, शंकर थपलिया, रविकिरण पौडेल र सूर्य जमरकट्टेल रहेका छन् ।
त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ (क) बाट दावा दोर्जे लामा र डा कृष्ण पन्त तथा (ख) बाट कृष्ण खनाल, क्षेत्र नं २ (क) बाट विजय सुवेदी र (ख) बाट तेजेन्द्रबहादुर खड्का, क्षेत्र नं ३ (क) बाट कृष्ण भूर्तेल र (ख) बाट रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लीला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य र श्रीमान् थिङको नाम सिफारिस गरिएको स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्