माओवादीको मन्त्री टुङ्गो लाग्यो, को को परे हेर्नुहोस्

काठमाडौं । माओवादी केन्द्रले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुङ्गो लगाएको छ । आफ्नो पाटीृको भागमा परेका सातमध्ये दुई मन्त्रीले यस अघि नै शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

फोरम पनि सरकारमा सहभागी हुने सहमती अन्तिममा पुगेकाले मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गर्ने यसमा पनि टुङ्गो लागेको भने छैन । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुन सक्ने सम्भावना छ । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो भने लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्