पुँजी अभावका बारेमा राष्ट्र बैंकसँग सोधपुछ गर्दै अर्थमन्त्री
काठमाडौं । नवनियुत्त अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योेग्य पुँजी अभावका बारेमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन् ।
डा. खतिवडालाई बधाई दिनका लागि अर्थमन्त्रालय पुगेका नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको टोलीसँग कुरा गर्दै अर्थमन्त्रीले भने, ‘लगानी योग्य पुँजीको अभावबारे म पुर्ण जानकार छु, यसबारेमा केन्द्रिय बैंकसँग कुरा गर्छु ।’ डा. खतिवडाले लगानी योग्य पुँजी अभावको समस्याले आफुलाई नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म नछोडेको पनि बताए । ‘लगानी योग्य पुँजी अभावको समस्याले मलाई अर्थमन्त्रालयसम्म पछ्याईरहेको छ, गभर्नर हुँदा पनि यस्तै समस्या आएको थियो र मैले त्यसको समाधान गरेको थिएँ’, डा। खतिवडाले भने ।
उनै खतिवडाले गभर्नर हुँदा घर जग्गा कारोबारमा गरिएको अनाधिकृत लगानीलाई रोकेर अर्थतन्त्रलाई जोखिमबाट जोगाउन सफल भएका थिए ।
अर्थमन्त्री खतिवडालाई नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी योग्य पुँजी अभावको समस्या समाधानमा ठोस कदम चाल्न अनुरोध गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘बैंकहरुले नाफा मात्रै हेर्दा हामी उद्योगीले ऋण पाउनै छाड्यौं, लगानी योग्य पुँजीको अभावबारे केहि कदम चालिओस ।’
त्यस्तै त्यस्तै महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि बैंकहरु नाफको पछि दौडेकाले लगानी योग्य पुँजीको अभाव भएको तर्क गरे ।
महासंघका उपाध्यक्ष श्रेष्ठले भने । महासंघका कोषाध्यष ज्ञानेन्द्र लाल प्रधानले पनि लगानी योग्य पुँजीको अभावले जल विद्युत आयोजनाहरुका लागि लगानी जुटाउन नसकिएकोले गाँठो फुकाइदिन अर्थमन्त्रीलाई अनुरोध गरेका थिए ।
पुस मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन एक खर्ब ६० अर्ब १६ करोेडले थियो भने कर्जा लगानी २ खर्ब २२ अर्ब ६२ करोडले बढेको थियो । सो अवधीमा बैंकहरुको निक्षेप संकलन दर जम्मा १३।७ प्रतिशतले बढेको थियो । तर बैंकहरुले कर्जा लगानी भने १७।२ प्रतिशत बढाएका थिए । बैंकहरुले निक्षेपको वृद्धिदर भन्दा कर्जा लगानी बढि गरेपछि बैंकहरु थप लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । यतिबेला अधिकांश बैंकहरुको सिडी रेसियो ७८ प्रतिशत नाघिसकेको छ । हाल वित्तिय क्षेत्रमा २५ अर्बको तरलता रहेको छ । लायस समस्यालाई चिर्न अर्थ मन्त्रीलाई चुनौति हुने छ ।
प्रतिक्रिया दिनुहोस्