एमाले–माओवादीका नेताहरुको कार्यदलको बैठक बस्दै !

काठमाडौँ । एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक मंगलबार बस्दैछ ।

दिउँसो साढे १२ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको लागि कार्यतालिका निर्माण गरिने एमाले सचिव तथा कार्यदलका प्रवक्ता गोकर्ण विष्टले जानकारी दिए ।

२५ गतेभित्र एकिकृत पार्टीको लागि अन्तरिम विधान बनाएर पार्टी अध्यक्षहरुलाई बुझाउने गरी मंगलबारदेखि नै तिब्र गतिमा काम अघि बढाउने पनि उनले जानकारी दिए ।

अन्तिरम विधान निर्माणको लागि यसअघि नै नेताहरुले एक अर्काको अहिलेको विधान केन्द्रदेखि गाउँसम्म भएका कमिटिको अध्ययन गरिसकेका छन् ।

अन्तरिम विधान निर्माणको लागि माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ, बेदुराम भुसाल, गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको कार्यदल बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्