गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई हित नपुग्नेः सुजाता

काठमाडौं, । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई हित नपुग्ने बताएकी छिन् ।

वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको काँग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिइन ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भनिन, “काँग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन बरु दुवैलाई डोर्याएर हिँड्नुपर्छ ।”

काँग्रेस ठुलो पार्टी भएकाले कम्युनिस्टहरु मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि काँग्रेसले कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ ध्यान दिन जरुरी छ उनीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्