माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी

काठमाडौं  । माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ ।उच्च राजनीति स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ ।

बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए ।त्यसबेला उत्पन्न प्रधान सेनापति प्रकरणपछि प्रचण्डले राजीनामा गरेका थिए । साँझ ४ बजे सपथ खुवाउने गरी आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्