संसदीय दलकाे नेता छान्न कार्यदलले थाल्याे काम

काठमाडौं । पार्टी संसदीय दलको नेता छान्ने प्रक्रियालाई अघि बढाउन काँग्रेसले गठन गरेको ३ सदस्यीय कार्यदलले आजदेखि आफ्नो काम थाल्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

समितिका संयोजक श्रेष्ठले निर्वाचन प्रक्रियाका बारेमा आज बिहानैदेखि विभिन्न छलफल हुने बताए। आज र भोली नेताहरुबीच छलफल गरेर निर्वाचन तालिका लगायतका विषयलाई पुर्णता दिने बताए। उनले दुईदिन छलफल गरेर तेस्रो दिनमा बैठक बोलाउने बताए ।

समितिमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे पनि रहेका छन् । काँग्रेस संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन मिति तोकिएको छ ।

काँग्रेस संसदिय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार रहनु भएको छ, भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदारी दिने घोषणा गरेका छन् । पार्टी भित्र महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत दलका नेता बनाउनुपर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्