काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त, ८ महिनामा केही भएन अव के हुन्छ ?
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (डिआईजि) सर्वेन्द्र खनाल आए त्यसबेला राजधानीबासीमा एक किसिमको आशाको सञ्चार गरेको थियो । सुरका दिनमा उनले राजधानीको बाटोघाटो पुर्छु भन्दै महानगरको अधिकार नै हस्तक्षेप गर्ने सम्मको अभिव्यक्ति दिएका थिए । साउनको पहिलो सातादेखि ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएका खनालले सुरुमा केही आक्रमक गतिविधि नगरेका हैनन् तर यतिबेला भने उनि सुस्ताएको अनुभुती आम सडक प्रयोगकर्ताले गरेको छन । उनले न त राजधानीको सडक जामलाई व्यवस्थित बनाउन सकेका छन नत दुर्घटना न्युनिकरण गर्नको लागि केही आक्रमक गतिविधि गर्न सकेका छन ।
दिनमा एकजनाको मृत्यू,पहल खोई ?
यही प्रसंगमा महाशाखाका प्रवक्ता उमेश रञ्जितकार भन्छन यो काम एक्लैले गर्ने भन्ने हुन्न, अहिले पहिलाको जस्तो सडक छैन, जनघनत्व बढेको छ, त्यसैले पनि ट्राफिकले कामै गर्न भन्न मिल्दैन । उनको यो भनाईलाई आधार मान्ने हो भने साउन यता राजधानीमा ठुलो संख्यामा जनसंख्या बढिसक्यो, सडक बनिरहेको छ तर झन साँघुरो भएको छ । तर यो तर्कसंगत जवाफ भने हुनसक्दैन र साउन यता भक्तपुर सुर्य विनायक सडकमा ४० जना भन्दा बढीको मृत्यू भईसकेको छ अन्य ठाँउको तथ्याङक आउने हो भने यो संख्या कहालीलाग्दो छ । यसै सन्दर्भमा सडकमा २७ बर्ष बिताईसकेका प्रहरी निरिक्षक सिताराम हाछेतु भन्छन अहिले राजधानीमा सडक दुर्घटनामा परी दिनमा १ जनाको मृत्यू भईरहेको छ । यो सबै डाटालाई हेर्ने हो भने ट्राफिक व्यवस्थापन त अस्तव्यस्त छ नै यसको समाधानको लागि प्रमुख खनालले केही पहल समेत गरेको देखिदैन ।
राजस्व संकलनमा उदासिन
ट्राफिक प्रहरीले अहिले सडक दुर्घटना न्युनिकरण गर्न मादक पदार्थ सेवन गर्नेलाई राजस्व स्वरुप जरिवाना लिदै आएको छ तर अहिले राजस्व संकलनमा पनि कमजोरी आएको छ । मापसे चेकिङ फितलो सर्वसाधरणलाई सास्तीमात्रै प्रहरीले मापसे चेकिङ त गर्छ तर खुल्ला ठाँउमा हैन घर पुग्नै लाग्दा आउने गल्लीको कुनातिर यो सरासर प्रहरीले सर्वसाधरणसंग बार्गेनिङ गर्ने र उनिहरुलाई दुख दिनेमात्रै काम हो ।
उनिहरुले खुल्ला ठाँउमा चिेकिङ गरेर किन कारवाही गर्दैनन् ?
यस प्रश्नले पनि ट्राफिक प्रहरीले सर्वसाधरणमैत्री काम गर्न सकेको छैन भन्ने प्रष्ट हुन्छ । फस्ट कम फस्ट सर्भिस १५ दिन पनि टिकेन सर्वसाधरणलाई ट्राफिक प्रहरीले गाडीमा चढ्न सहज होस् भनेर फस्ट कम फस्ट सर्भिस भनेर नारा त ल्यायो तर त्यो काम १५ दिन पनि टिकेन । यसले सर्वसाधरणले केही दिन राहात पाएपनि १५ दिन नटिक्दा खनालको यो योजना पनि फेल खाएको छ ।
जेब्राक्रसिङमा ट्राफिकको प्राथामिकतामा परेन यतिबेला सडकयात्रीहरु जेब्राक्रसिङमा हुँत्तिदै आउने सवारीसाधनसंग आजित छन । सडकलाईट नभएको अवस्थामा एकमात्रै भरपर्नु पर्ने जेव्राक्रसिङमा अपाङगलाई समेत पेल्छुजसरी सवारी हुँईकदा समेत प्रहरीले चासो देखाएको छैन ।
यसले गर्दा फेरी सडक अस्तव्यस्त भएको आभास नागरिकले गरेका छन । ८ महिनामा केही भएन अव के हुन्छ ? सर्वसाधरणले सर्वेन्द्र खनाल आएपछि त सडकमा सहज आवातजावत हुन्छ भन्ने जुन किसिमको अपेक्षा गरेका थिए त्यो अपेक्षा ८ महिना बितिसक्दापनि केही मात्रामा पनि पुरा हुन सकेन भने अव उनिबाट आम नागरिकले के आशा गर्ने ?
प्रतिक्रिया दिनुहोस्