गोरखा नगरपालिकाको समन्वयमा अलपत्र नगरबासीलाई घर पठाइयो

काठमाडौ, बैसाख १२ । गोरखा नगरपालिकाको समन्वयमा अलपत्र नगरबासीलाई घर पठाइएको छ । नगरपालिका भित्रका स्थानीय जो काठमाडौमा अलपत्र परेका १०० जनालाई आज नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समितिले घर जाने व्यवस्था मिलाएको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोवीड १९)का कारण नेपालमा पनि एक महिनादेखि लकडाउन गरीएको छ । जसका कारण दैनिक ज्यालादारी गर्ने मजदुर देखि लिएर विद्यार्थी बर्गहरु बढी प्रभावित छन् । जुन लकडाउनका कारण काठमाडौंमा दैनिक छाक टार्ने अवस्था नभएका कोठा भाडा तिर्न नसकेका व्यक्तिहरुलाई आज शुक्रबार २ वटा गाडी तथा एउटा बोलेरोमा घर पठाइएको छ ।

तरुण दल गोरखाका सहसचिव दिनेश अम्गाईले लकडाउनका कारण काठमाडौमा अस्थाइरुपमा बस्दै आएका नगरबासी जो दैनिक ज्यालादारी गरेर बस्नुभएको छ र जुन सुकै क्षत्रमा आवद्ध भएपनि अहिलेको समयमा दैनिक गुजारा चलाउन देखि लिएर घर भाडा तिर्न गाह्रो पर्नेहरुलाई हामीले गोरखा नगरपालिकासंग समन्वय गरेर अलपत्र नगरबासीहरुलाई घरसम्म पुर्याउने ब्यवस्था गरेको जानकारी दिए ।
यस्तो समयमा सो कार्यमा सहयोग गरेको भन्दै सहसचिव अम्गाईले सम्पुर्ण सहयोगी हातहरुप्रति आभार व्यक्त गरे । यसको साथै अति आवश्यक परेको अवस्थामा अन्य गाडी पनि यसरीनै समन्वय गरेर थपिने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्