एनपीएलका समर्थकलाई एक्स्ट्रीमको साथः जुन टिमको समर्थन, त्यही टिमको क्यान

काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ । त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रीम इनर्जी ड्रिङ्को क्यान ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रीमले सात वटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ ।
एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ । एक्स्ट्रीमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पु¥याउने प्रयास गरेको छ ।

क्रिकेटको क्रेजः सात टिम, सात पहिचान
क्रिकेटप्रेमीका लागि आफ्नो फेभरेट टिम केवल एउटा नाममात्र होइन । टिमप्रतिको समर्थन भनेको खेलाडीप्रतिको विश्वास र भावनासँग जोडिएको हुन्छ । मैदानमा प्रत्येक रनसँगै बढ्ने धडकन होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावना क्रिकेटको वास्तविक रौनक हो ।

यही भावनालाई एक्स्ट्रीमले आफ्नो विशेष क्यानमार्फत माया दर्शाउने नयाँ तरिका लिएर आएको हो । प्रायोजनको लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अब समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन् । अब एक्स्ट्रम इनर्जी ड्रिङ्क पिउनुमा मात्र सीमित रहने छैन । यसको प्रयोग आफ्नो फेवरेट टिमप्रतिको माया, र समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ ।

क्रिकेटको रौनक अब मैदानदेखि बजारसम्म
नेपाली क्रिकेटको लोकप्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको एनपीएलले क्रिकेटप्रेमीमाझ विशेष उत्साह सिर्जना गर्दै आएको छ । यही उत्साहमा युवा पुस्ताको रुचि र क्रिकेटप्रतिको क्रेजलाई जोड्ने उद्देश्यसहित एक्स्ट्रीमले विशेष क्यान बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार यो पहलले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ । साथै, एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै बजारदेखि खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खेल हेर्दै टोलीको समर्थन गर्ने होस् वा साथीभाइसँग क्रिकेटको चर्चा गर्ने, एक्स्ट्रीमको स्पेसल एडिसन क्यान समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग अझ नजिकबाट जोड्ने माध्यम बन्न सक्नेछ । यो पहलले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह, टिमप्रतिको गर्व र आपसी समर्थनलाई समेत जोड्ने विश्वास गरिएको छ ।

क्रिकेटमा खेलाडीहरू मैदानमा आफ्नो टोलीका लागि प्रतिस्पर्धा गर्छन् भने समर्थकहरू मैदानबाहिरबाट आफ्नो विश्वास र उत्साहका साथ टोलीको हौसला बढाउँछन् । एक्स्ट्रीमले यही सम्बन्धलाई विशेष क्यानमार्फत थप नजिक ल्याउने प्रयास गरेको छ ।

अब रोज्नुहोस्, आफ्नै फेभरेट टिमको क्यान
एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रीम इनर्जी डिङ्कका यी विशेष क्यानहरू उपभोक्ताहरूले आफ्नो नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् ।

अब क्रिकेटको चर्चा हुँदा मनपर्ने टोलीको नाम मात्र होइन, हातमा त्यही टोलीको लोगो भएको एक्स्ट्रीमको क्यान पनि हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्