कांग्रेसले टुंग्यायो १६ स्थानीय तहको उम्मेदवार

२० भदौ, सप्तरी । नेपाली कांग्रेसले असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

कांग्रेसले हनुमान नगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम नाम टुंगो लगाएको हो ।
कांग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ ।

यसैगरि, डाँक्नेश्वरी नगरपालिकाको प्रमुखमा नारायण यादवको नाम टुंगो लगाएको छ भने उपप्रमुखमा अझै नाम टुंगो नलागी सकेको बताइएको छ ।

त्यसै गरि, सुरुङ्गा नगरपालिकामा प्रमुखको नाम टुंगो लाग्न बाँकी भए पनि उपप्रमुखमा भने सुष्मा चौधरीको उम्मेदवारीको टुंगो लागेको छ ।

बोदेबर्साइन नगरपालिकाको प्रमुखमा कर्मैत यादव र उपप्रमुखमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकामा प्रमुख टुंगो लाग्न बाँकी भएपनि उपप्रमुखमा भने निरु पोखरेललाई अघि सारिएको छ ।

यस्तै शम्भुनाथ नगरपालिका र खड्ग नगरपालिकामा हालसम्म कुनै उम्मेदवारको नाम टुंगो लागेको छैन ।

यस्तै, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुखमा संगीताकुमारी यादव, अग्निमाई कृष्णसवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उपप्रमुखमा मीना चौधरी, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उपप्रमुखमा गीतादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डललाई टुंगो लगाएको छ ।

यसैगरी, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण इसर, उपप्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुखमा अरहुलदेवी मण्डल, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उपप्रमुखमा सहिदा खातुन, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव र उपप्रमुखमा अनितादेवी साहको नाम टुंगो लगाएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्