कलैया उपमहानगरपालिका प्रमुखमा काँग्रेस विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा कलैया उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादवले १० हजार ९०३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद साहले १० हजार ७१६ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छिन भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्