‘कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गरौँ ‘ : नेता यादव

काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ ।

एमालेले केन्द्र सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ ।

दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा पनि फोरम नेताहरुले संविधान संशोधनमा जोड दिएका छन् । ‘एमालेले ‘आवश्यकता र औचित्यता’का आधारमा संशोधन गर्न सकिने बताउँदै आएको थियो’ नेता रामसहाय यादवले भने, ‘अहिले अभ्यासका क्रममा हामी भने जस्तै संविधान त्रुटीपूर्ण पुष्टि भएको पुष्टि भएको छ ।’

फोरमले संविधान संशोधनको विकल्प नभएको भन्दै कार्यदल बनाएर गृहकार्य गर्ने प्रस्ताव एमालेसामू राखेको छ ।

प्रतिक्रिया दिनुहोस्