प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन

सुर्खेत । प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गरिएको हो ।

आजको बैठकमा महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने भएको हुँदा अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । आजको बैठकमा प्रदेशको राजधानी र प्रदेशको नामाकरणबारे छलफल गर्ने कार्यसूची थियो ।

मस्यौदाको समितिको संयोजकमा नेपाली

प्रदेशसभा संसदीय मस्यौदा समितिको बैठकले प्रदेशसभा सदस्य सीता नेपालीलाई समितिको संयोजक चयन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य यज्ञवहादुर बिसीको अध्यक्षतामा बसेको समितिको बैठकले मस्यौदा समितिको संयोजकमा नेपालीलाई चयन गरेको समितिका सदस्य धर्मराज रेग्मीले जानकारी दिनुभयो । मस्यौदा समितिले प्रदेशसभाको नियमावली आगामी १५ दिनभित्र निमार्ण गरी सभामा पेश गर्ने कार्ययोजना रहेको सदस्य रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्