राष्ट्रपतिविरुद्ध तरुण दलको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन गरि नाराबाजी गरेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारले सिफारिस सदर गरेको विरोधमा नेपाल तरुण दलले राष्ट्रपति विरुद्ध आन्दोलन चर्काएको हो ।
बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको आरोप लगाइदै तरुण दलले राजनीतिक पूर्वाग्रहबाट ग्रसित भइ दलीय आस्थाको घेराभित्र बसेर राष्ट्रपतिले काम गरेको जनाउको छ ।

‘संविधानको रक्षकले नै एउटा राजनीतिक पार्टीको सानो अध्यारो घेराभित्र बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ’ तरुण दलले भनेको छ । यस्तो राष्ट्रपतिले देशको रक्षा गर्न सक्दैन । ’

 

प्रतिक्रिया दिनुहोस्