कैलाली र कञ्चनपुरमा आधा बढी सीमा स्तम्भ हराए

काठमाडौं । कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे गरिएको हो ।

१ हजारभन्दा बढी सीमा स्तम्भको सर्भे गरिएको र त्यसमा ५० प्रतिशतभन्दा बढी हराएको टोलीमा सहभागी नापी विभागका सर्वेक्षक पूर्णबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्