प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक : वरिष्ठ नेता  नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वामपन्थी दलबीच तालमेल आवश्यक रहेको बताएका छन् ।

वामपन्थी तालमेलका विषयमा नेकपा माओवादी केन्द्र तयार रहे एमाले तयार रहेको समेत बताए । केन्द्रस्तरबाट सम्भव नभए स्थानीयस्तरबाट भए पनि तालमेल गर्नुपर्ने बताए । साथै उनले नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने समेत बताए ।

२ नं प्रदेशमा प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि समग्रमा एमाले दोस्रो भएको बताए ।

उनले भने , “समग्रमा निराशाजनक छैन ।” पार्टीको आन्तरिक कमी कमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको बताए ।

काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने कुरा समेत बताउँदै उनले भने, “जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।”

प्रतिक्रिया दिनुहोस्