मेलम्चीको चुहावट नियन्त्रण गर्न १३ करोड निकासा गर्ने सरकारको निर्णय

काठमाडौं , जेठ २१ । मन्त्रीपरिषदको बैठकले मेलम्ची खानेपानी वितरण गर्दा भएको चुहावट टाल्नका लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रीपरिषदको बैठकले खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको पानी चुहावट नियन्त्रणका लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

यस्तै चिन सरकारले दिन लागेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । ​मन्त्रिपरिषद बैठकले नेपालको स्वास्थ्य क्षेत्र सुधार आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै सगरमाथा लगायतका हिमाल सफाइका लागि नेपाली सेनालाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुटको व्यवस्था गरिएको छ ।

वन पैदावार विकास समितिको कार्यकारी निर्देशकमा दीपा दहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको निर्देशकमा बालानन्द शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्