अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

काठमाडौ , जेठ १७ । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोवार रकम आज सोमबार दुबै घटेका छन ।

नेप्से आज ४५ दसमलव २५ अंकले घटेर २७ सय ८२ दसमलव ६८ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि छ दसमलव ५८ अंकले घटेर पाँच सय दसमलव ४७ बिन्दुमा झरेको छ । आज दुई सय १८ वटा कम्पनीहरुको एक लाख ४८ हजार सात सय १५ पटकको कारोवारमा तीन करोड आठ लाख ८८ हजार छ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम १३ अर्ब ९० करोड ९१ लाख १३ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज सामुुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेको छ भने बाँकी समुहको सुचक उच्च बिन्दुले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव दुई अंकले घटेर १८ सय ५७ दसमलव ९७ बिन्दुमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय २९ दसमलव ९३ अंकले घटेर २८ सय ८५ दसमलव ८८ बिन्दुमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचक घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९८ प्रतिसतले बढेर १२ सय ५६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको छ्याङदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव १३ प्रतिसतले घटेर तीन सय ९८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको राधी जलबिद्युुत कम्पनीको प्रतिकित्ता १२ सय ५६ रुपैयाँ अन्तिम मुल्यमा ९० करोड ४२ लाख २० हजार आठ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्