सरकारले आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने , बजेट शनिबार बालुवाटारबाटै
काठमाडौं , जेठ १३ । सरकारले आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार, शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम रहेको छ ।
कार्यक्रम जुम प्रविधिबाट सार्वजनिक गर्ने जनाएको छ । फोटो तथा भिडियोका लागि सीमित पत्रकारलाई अर्थ मन्त्रालय प्रवेश दिने गरी तयारी गरिएको छ ।
यता जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बालुवाटारबाटै सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको छ ।
बजेट बढी पपुलर खालको हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाइने भएको छ ।ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्