नेप्सेमा नयाँ रेकर्ड, हालसम्मकै उच्च कारोबार

काठमाडौँ, जेठ १३ । नेप्सेमा हालसम्म कै उच्च रकमको कारोवार भएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से एक दसमलव दुई अंकले घटेर २८ सय १५ दसमलव ३९ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव २८ अंकले घटेर पाँच सय तीन दसमलव ७० बिन्दुमा झरेको छ ।

नेप्सेमा आज दुई सय १५ वटा कम्पनीहरुको एक लाख ४७ हजार चार सय ९३ पटकको कारोवारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेकाछन भने सात वटाको बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ४६ अंकले घटेर १८ सय ५७ दसमलव पाँच बिन्दुुमा झरेकोमा जीवन बीमा, होटल तथा पर्यटन, लघुबित्त, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने एक सय १४ दसमलव तीन अंकले बढेर तीन हजार चार सय ५० दसमलव १० बिन्दुमा चढेकोमा जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ५३ रुपैंयामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको समता लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव २३ प्रतिसतले घटेर १६ सय ६८ रुपैयाँमा कारोवार भएको छ ।

बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको भने आज प्रतिकित्ता तीन सय ७६ रुपैयाँ अन्तिम मुल्यमा ४३ करोड २८ लाख ३४ हजार चार सय एक रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्