५ लघुवित्त र १२ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ?
काठमाण्डौ , जेठ १३ । आईपीओमा लगानीकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । पछिल्ला समयमा निष्कासन भएका आईपीओमा लाखौँको संख्यामा आवेदक थपिने गरेका छन् ।
पछिल्लोपटक खुलेको ज्योति लाइफ इन्स्योरेन्स, निफ्रा, महिला लघुवित्त देखि सिंगटी हाइड्रोको आईपीओमा कीर्तिमानी संख्याका सर्वसाधारण लगानीकर्ताबाट आवेदन परेको छ ।
यद्यपि, यो संख्या लगानी गर्न योग्य आर्थात् डिम्याट खाता खोलेका लगानीकर्ताको करिब ६५ प्रतिशत मात्र हो । यसको अर्थ अझै शेयर कारोबारकै लागि भनेर डिम्याट खाता खोलेका ३५ प्रतिशतभन्दा बढीले आइपिओमा लगानी गरेका छैनन् ।
यी १६ कम्पनी आईपीओ निष्कासन गर्दै
१२ हाइड्रोपावर र डिस मेडिया नेटवर्कको गरी १६ कम्पनीको आइपिओ अनुमतिको पर्खाइमा रहेका छन् । निकट भविष्यमै प्राथमिक बजारमा १६ कम्पनीका करिब ५ करोड ५६ लाख कित्ता आइपिओ निष्कासन हुँदै छ । यसमध्ये सर्वसाधारणको प्रमुख रोजाइमा पर्ने गरेका लघुवित्त कम्पनी ३ वटा छन् ।
दुई लघुवित्त संस्था आईपीओ निष्कासनको अनुमति माग्दै जादैछन् धितोपत्र
नेष्डो समृद्ध लघुवित्त वित्तीय
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा ८ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।
लघुवित्तले वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनीले आईपीओ जारी गर्न ग्लोबल आयएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्