नेप्सेमा दिन दिनै नयाँ रेर्कड : एकैदिन १३ अर्ब १७ करोडको सेयर कारोवार

काठमाडौं , जेठ १० । पछिल्लो समय लगातार बढ्दै आएको नेप्सेले साताको दोस्रो कारोवार दिन सोमबार पनि नयाँ रेर्कड बनाएको छ । जसअनुसार नेप्सेमा आज भएको कारोवार रकम हालसम्म कै उच्च हो ।

नेप्से आज तीन दसमलव सात अंकले बढेर २८ सय २३ दसमलव छ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ३१ अंकले बढेर पाँच सय आठ दसमलव ४९ बिन्दुमा चढेको छ । सो अनुरुप आज दुई सय १६ वटा कम्पनीहरुको एक लाख ३६ हजार चार सय ९९ पटकको कारोवारमा दुई करोड ७१ लाख ४० हजार दुई सय दुई कित्ता सेयर खरिद बिक्रि हुंदा कुल कारोवार रकम १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार एक सय ८८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव आठ अंकले बढेर १८ सय ८९ दसमलव नौ बिन्दुमा चढेकोमा निर्जिवन बीमा, जलबिद्युत, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन् ।

बिकास बैंक समुहको सुचक भने ३२ दसमलव नौ अंकले घटेर तीन हजार तीन सय ८९ दसमलव २९ बिन्दुमा झरेकोमा जीवन बीमा, फाईनान्स, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बरुण हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९५ प्रतिसतले बढेर चार सय ४२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ६२ प्रतिसतले घटेर छ सय ४० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको प्रतिकित्ता पाँच सय ८९ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब २४ करोड ७० लाख ५३ हजार पाँच सय ५३ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्