नेप्सेमा उछाल : ३२ अंकले बढ्दा ११ अर्ब ६९ करोडको सेयर किनबेच

काठमाडौं , जेठ ९ । नेप्सेमा आज उछाल आएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३२ दसमलव ८१ अंकले बढेर २८ सय २० बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि आठ दसमलव २३ अंकले बढेर पाँच सय सात दसमलव २० बिन्दुमा चढेको छ ।

दुई सय २० वटा कम्पनीहरुको एक लाख २६ हजार एक सय २४ पटकको कारोवारमा दुई करोड ५१ लाख ६३ हजार छ सय ६० कित्ता सेयर खरिद बिव्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिव्री हुंदा आज कुल कारोवार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १० वटा समुहको सुचक उच्च अंकले बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन् । ति मध्ये बााँणिज्य बैंक समुहको सुचक ३३ दसमलव २९ अंकले बढेर १८ सय ८५ दसमलव एक चढेको छ भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन् ।

निर्जिवन बीमा, होटल तथा पर्यटन र लघुबित्त समुहको सुचक भने आज घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ८६ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ७३ प्रतिसतले घटेर एक हजार ८३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ७८ रुपैयाँ अन्तिम मुल्यमा ४१ करोड ८६ लाख ४४ हजार सात सय ४३ रुपैयााँकोा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्