नेप्सेमा निरन्तर बृद्धि : छ अंकले बढ्दा आठ अर्ब ९२ करोडको सेयर खरिद बिक्री

काठमाडौं , जेठ ६। नेप्सेको निरन्तरको बृद्धिले सातााको अन्तिम कारोवार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ ।

नेप्से आज छ दसमलव ३७ अंकले बढेर २७ सय ८७ दसमलव १८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८३ अंकले बढेर चार सय ९८ दसमलव ९७ बिन्दुमा चढेको छ ।

आज दुई सय १४ वटा कम्पनीहरुको एक लाख छ हजार तीन सय ९९ पटकको कारोवारमा दुई करोड एक लाख ३३ हजार छ सय दुई कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले गुमाएपनि पाँच वटा समुहले भने कमाएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ३४ अंकले बढेर १८ सय ५१ दसमलव ७२ बिन्दुमा चढेकोमा बिकास बैंक, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

जलबिद्युत समुहको सुचक भने आज ४२ दसमलव २५ अंकले घटेर २७ सय ७० दसमलव ७८ बिन्दुमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि २३ दसमलव ४७ अंकले घटेर १४ हजार एक सय ८१ दसमलव २३ बिन्दुमा झरेको छ ।

लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मञ्जुश्री फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर पाँच सय ९४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दसमलव २८ प्रतिसतले घटेर तीन सय ४३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ५१ रुपैयाँ अन्तिम मुल्यमा ३३ करोड ९६ लाख ६३ हजार छ सय ७० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्