नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा नयाँ किर्तिमान

काठमाडौ, जेठ ५ । लगातार बढेर २८ सय अंकबाट पनि चढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज १३ दसमलव नौ अंकले घटेर २७ सय ८० दसमलव ८१ बिन्दुमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव आठ अंकले घटेर चार सय ९६ दसमलव १४ बिन्दुमा पुगेको छ ।

आज दुई सय १४ वटा कम्पनीहरुको एक लाख ३२ हजार तीन सय ६९ पटकको कारोवारमा दुई करोड ५१ लाख २१ हजार पाँच सय ५४ कित्ता सेयर खरिद विक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्रि हुंदा कुल सेयर कारोवार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ३४ अंकले बढेर १८ सय ३४ दसमलव ३८ बिन्दुमा चढेकोमा ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

बिकास बैंक समुहको सुचक भने ५१ दसमलव ९८ अंकले घटेर तीन हजार ६८ दसमलव ८७ बिन्दुमा झरेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक, अन्य, लघुुबित्त र लगानी समुहको समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको समता लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर १७ सय छ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ङादी ग्रुप पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दसमलव ८८ प्रतिसतले घटेर तीन सय २५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी नेपाल पुर्नबीमा कम्पनीको प्र्रतिकित्ता १६ सय ५६ रुपैयाँ अन्तिम मुल्यमा ५५ करोड ६९ लाख १८ हजार एक सय एक रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्