नेप्सेमा एकै दिन दोहोरो रेकर्ड: परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

काठमाडौं, जेठ ४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ। मंगलबार नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज मंगलबार नेप्से ३४ दसमलव ६८ अंकले बढेर २७ सय ९३ दसमलव ८९ बिन्दुमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ६४ अंकले बढेर चार सय ९७ दसमलव २२ बिन्दुमा पुगेको छ ।

आज दुई सय १५ वटा कम्पनीहरुको एक लाख १५ हजार नौ सय ६१ पटकको कारोवारमा दुई करोड ३१ लाख ३१ हजार छ सय १५ कित्ता सेयर खरिद बिक्रि भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्रि हुंदा कुल कारोवार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक समुहको सुचक घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७१ अंकले बढेर १८ सय २६ दसमलव ७८ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ९६ दसमलव ९८ अंकले बढेर २८ सय ७४ दसमलव ९९ अंकमा बिन्दुमा चढेको छ ।

यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ३१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मुल्य दुई दसमलव नौ प्रतिसतले घटेर तीन सय ७५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ९१ रुपैयाँ अन्तिम मुल्यमा ६७ करोड आठ लाख ७१ हजार ९६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्