मल्टिप्लेक्समा हाल सम्मकै सर्वाधिक शो ‘छक्का पन्जा २’ लाई

काठमाडौं । वर्षको प्रतिक्षीत फिल्म ‘छक्का पन्जा २’ यही बुधवारबाट प्रदर्शनमा आउँदैछ । अधिकांश सिनेमा हलमा आफ्नो उपस्थिति जनाउन लागेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि सर्वाधिक शो पाएको छ । ‘छक्का पन्जा २’ले राजधानीका क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै २६ शो पाएको छ । यो फिल्मले क्युएफएक्समा नेपाली फिल्महरुमध्ये सर्वाधिक शो पाएको चलचित्र हो ।

सिभिल मल, लविम मल, कुमारी र जय नेपालमा ‘छक्का पन्जा २’ को बुकिङ आइतवारबाट खुल्ला भइसकेको छ । खुल्ला गरिएको २४ घण्टा नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । २ घण्टा १७ मिनेट लामो दीपाश्री निरौला निर्देशित फिल्मले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको स्रोतले जानकारी दियो ।

दीपकराज गिरी, स्वस्तिमा खड्का, केदार घिमिरे, स्वरूपपुरुष ढकाल, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा मुख्य भूमिका छ ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्