दोहोरो अंकले बढ्यो नेप्से , नौ अर्ब ५७ करोडको कारोवार

काठमाडौ , जेठ ३ । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पनि २० दसमलव ७१ अंकले बढेर २७ सय ५९ दसमलव २१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४५ अंकले बढेर चार सय ९२ दसमलव ५८ बिन्दुमा चढेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको एक लाख एक हजार नौ सय १८ पटकको कारोवारमा एक करोड ९० लाख ५६ हजार दुई सय ३६ कित्ता सेयर खरिद बिक्रि भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्रि भएकोमा कुल कारोवार रकम नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव तीन अंकले बढेर १८ सय २१ दसमलव ८८ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ३९ दसमलव नौ अंकले बढेर १४ हजार दुई सय ८१ दसमलव ५६ बिन्दुमा चढेको छ । यि बाहेक जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर नौ सय ६८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल बंगलादेश बैंकको ऋणपत्रको प्रतिकित्ता सेयर मुल्य एक दसमलव ९४ प्रतिसतले घटेर एक हजार ६० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ४३ रुपैयाँ अन्तिम मुल्यमा ६६ करोड एक लाख ८१ हजार छ सय ८७ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्