अध्यादेशबाट बजेट आउँदैन , विवाद अब मिल्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए ।

आज पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘प्रतिनिधिसभा जीवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

साथै आर्थिक वर्ष २०७८–०७९ को बजेट ल्याउने प्रक्रियामा ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताएका हुन् । साथै उनले एमालेमा रहेको विवाद अब मिल्ने पनि बताएका छन् ।

आज मात्रै नेता नेपाल र ओली बिच वार्ता भएको छ । उनीहरुको वान टु वान वार्तामा एमाले विवाद मिलाउन १० जनाको कार्यदल गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्