नेप्से २७ सय अंक माथि, १० अर्ब ४० करोडको कारोबार

काठमाडौँ , जेठ २ । नेप्से २७ सय अंकबाट पनि पनि बढेको छ । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से ५४ दसमलव २१ अंकले बढेर २७ सय ३८ दसमलव २९ बिन्दुमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव ६४ अंकले बढेर चार सय ८८ दसमलव १४ बिन्दुमा चढेको छ ।

नेप्सेमा आज दुई सय १४ वटा कम्पनीहरुको एक लाख १३ हजार ६९ पटकको कारोवारमा दुई करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता सेयर खरिद बिक्रि भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्रि हुंदा कुल कारोवार रकम १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव ४३ अंकले बढेर १८ सय १२ दसमलव ६४ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १२ दसमलव ५९ बिन्दुमा चढेको छ । जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर आठ सय ८० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनियन नेपाल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव पाँच प्रतिसतले घटेर दुई सय सात रुपैंयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ४३ रुपैयाँ अन्तिम मुल्यमा ८५ करोड २० लाख तीन हजार सात सय ६१ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्