सपथलगत्तै अर्थमन्त्री पौडेल गरे तीन अस्पताललाई करिब ६ करोड उपलब्ध गराउने निर्णय

काठमाडौं, बैशाख ३१ । अर्थमन्त्री विष्णु पौडेलले सपथलगत्तै तीन अस्पताललाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्।

शुक्रबार अर्थमन्त्रीको पद बहाली गर्दै पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न तीन अस्पताललाई सो रकम निकासा गर्ने निर्णय गरेका हुन्।

डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्ज गरी ३ वटा अस्पताललाई रु ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गर्दै पदभार ग्रहण गरेको पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्