साताको नेप्से २६ सय ८४ अंकमा : २८ अर्ब ६१ करोडको सेयर किनबेच
काठमाडौ , बैशाख ३१ । यो साता नेप्से २६ सय ८४ दसमलव एक अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ७९ दसमलव ५० अंकमा पुगेको छ ।
यो साता दुई सय २० वटा कम्पनीहरुको तीन लाख ३८ हजार दुई सय आठ पटकको कारोवारमा छ करोड ७९ लाख ३७ हजार २८ कित्ता सेयर किनबेच भएको छ भने कुल कारोवार रकम २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा कम हो ।
गत साता भने नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोवारमा सात करोड ५६ लाख चार हजार आठ सय ९५ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो दिन घटेपनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो ।
जसअनुसार पहिलो दिन नेप्से १८ दसमलव ५६ अंकले घटेर २६ सय १८ दसमलव ५६ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ३१ अंकले घटेर चार सय ७० दसमलव ७३ अंकमा झरेको थियो । दोस्रो दिन भने नेप्से २७ दसमलव ४१ अंकले बढेर २६ सय ४५ दसमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ३५ अंकले बढेर चार सय ७५ दसमलव १२ अंकमा पुगेको थियो ।
तेस्रो दिन पनि नेप्से २७ दसमलव ४७ अंकले बढेर दुई हजार छ सय ७३ दसमलव ३१ अंकमा पुुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव १२ अंकले बढेर चार सय ७८ दसमलव २४ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से शुन्य दसमलव ५६ अंकले बढेर दुई हजार छ सय ७३ दसमलव ८८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव १४ अंकले बढेर चार सय ७८ दसमलव ३८ अंकमा चढेको थियो ।
अन्तिम कारोवार दिन पनि नेप्से १० दसमलव १३ अंकले बढेर दुई हजार छ सय ८४ दसमलव एक पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १२ अंकले बढेर चार सय ७९ दसमलव ५० अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक आदि परेकाछन भने सेयर कारोवार भएका संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् ।
बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु परेकाछन् ।
यो साता सहारा बिकास बैंक, गणपती लघुबित्त बित्तीय संस्था, इन्फिनिटी लघुबित्त बित्तीय संस्था र प्राईम कर्मसियल बैंकको बोनस सेयर नियमित कारोवारका लागि नेप्सेमा सुचीकृत भएकाछन् ।
प्रतिक्रिया दिनुहोस्