नेप्सेमा सामान्य वृद्धि, पाँच अर्ब ३२ करोडको कारोबार

काठमाडौ , बैशाख २९ । नेप्से आज बुधबार शुन्य दसमलव ५६ अंकले बढेर २६ सय ७३ दसमलव ८८ बिन्दुमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १४ अंकले बढेर चार सय ७८ दसमलव ३८ बिन्दुमा चढेको छ । दुई सय १५ वटा कम्पनीहरुको ६२ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता सेयर खरिद बिक्रि भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्रि हुंदा कुल कारोवार रकम पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार आठ सय एक रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेकाछन भने सात वटाको बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ४२ अंकले घटेर १७ सय ८१ दसमलव ७७ बिन्दुमा झरेकोमा ट्रेडिङ, लघुबित्त, जीवन बीमा, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि घटेकाछन ।

बिकास बैंक समुहको सुचक भने तीन दसमलव ८१ अंकले बढेर २८ सय ३६ दसमलव ७६ बिन्दुमा चढेकोमा जलबिद्युत, निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय २७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ९० प्रतिसतले घटेर तीन सरय ७० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ५० रुपैयाँ अन्तिम मुल्यमा ३५ करोड ११ लाख २९ हजार एक सय १९ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्