शेयर बजारमा दोहोरो अंकको वृद्धि, चार अर्ब २० करोडको कारोवार

काठमाडौं , बैशाख २७ । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार २७ दसमलव ४१ अंकले बढेर २६ सय ४५ दमसालव ८४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ३५ अंकले बढेर चार सय ७५ दसमलव १२ बिन्दुमा चढेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको ५१ हजार दुई सय ३५ पटकको कारोवारमा ७५ लाख ७९ हजार तीन कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६१ अंकले बढेर १७ सय ८१ दसमलव ८१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १५ दसमलव ९८ अंकले बढेर २५ सय ८९ दसमलव ८२ अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १९ हजार दुई सय ५० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले घटेर पाँच हजार चार सय ४१ रुपैयाँमा प्रतिकित्ता सेयर किनबे भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १४ सय ९६ रुपैयाँ अन्तिम मुल्यमा २७ करोड चार लाख २७ हजार नौ सय ३० रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्