साताको नेप्से २६ सय ३७ अंकमा : ३३ अर्ब ९६ करोडको सेयर किनबेच

काठमाडौं , बैशाख २४ । यो साता नेप्से २६ सय ३७ दसमलव १३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ७३ दसमलव चार अंकमा पुगेको छ ।

यो साता कुल दुई सय २६ वटा कम्पनीहरुको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोवारमा सात करोड ५६ लाख चार हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोवारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो, चौथो र पाँचौं दिन घटेको थियो भने पहिलो र तेस्रो दिन बढेको थियो । सो मध्ये पहिलो दिन नेप्से ५४ अंकले बढेर २६ सय ६५ दसमलव १० अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव ७८ अंकले बढेर चार सय ७७ दसमलव ८१ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से १२ दसमलव ३५ अंकले घटेर २६ सय ५२ दसमलव ७५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दसमलव ६९ अंकले घटेर चार सय ७५ दसमलव १२ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से एक दसमलव ९४ अंकले बढेर दुई हजार छ सय ५४ दसमलव ६९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३२ अंकले बढेर चार सय ७५ दसमलव ४४ अंकमा पुगेको थियो ।

चौथो दिन भने नेप्से पाँच दसमलव नौ अंकले घटेर दुई हजार छ सय ४९ दसमलव ६० अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ६३ अंकले घटेर चार सय ७३ दसमलव ८१ अंकमा पुगेको थियो । अन्तिम दिन नेप्से १२ दसमलव ४७ अंकले घटेर दुई हजार छ सय ३७ दसमलव १३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ७७ अंकले घटेर चार सय ७३ दसमलव चार अंकमा पुगेको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, एनसीसी बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक लगायतका कम्पनीहरु परेकाछन् ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

सेयर सुचीकरण तर्फ भने यो साता रुरु जलबिद्युत कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, स्भाभिमान लघुबित्त बित्तीय संस्था, समता घरेलु लघुबित्त बित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको बोनस तथा साधारण सेयर नियमित कारोवारको लागि सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्