परराष्ट्रमन्त्री महरा भदौ १० मा चीन जाँदै

काठमाडौँ, १९ भदौ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ समकक्षी परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा महरा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

भ्रमणका क्रममा बेइजिङमा वाङ यीसँग प्रतिनिधिमण्डल स्तरीय छलफल गर्नेछन् ।

त्यस्तै, परराष्ट्रमन्त्री महराको सम्मानमा लञ्च कार्यक्रम पनि आयोजना गर्नेछ ।

भ्रमणका दौरान चीनका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम पनि तय भएको बताइएको छ ।

महराले बेइजिङस्थित चाइना फरेन अफेयर्स विश्वविद्यालयमा आयोजना हुने अन्तक्रिया कार्यक्रममा पनि सहभागी हुनेछन् ।

बेइजिङपछि उनी सेप्टेम्बर १० मा ग्वानझाओ पुगेर हालै स्थापना गरिएको कन्सुलेट कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
त्यहाँ उनले व्यापारिक समूदाय र प्रान्तीय नेताहरुलाई सम्बोधन गर्नेछन् । आगामी ११ सेप्टेम्बर उनी त्यहाँबाट काठमाडौँ फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्